प्रचण्ड सरकारको पारा, राष्ट्रपति भारत उडेपछि शुक्रबारको बिदा फिर्ता

बैशाख ४, २०७४ मा प्रकाशित | 980 views

काठमाडौं ।
राष्ट्रपतिलाई नै बिबादमा मुछ्नेगरि अनावश्यक रुपमा भारत भ्रमणमा जाने र आउनेदिन सार्वजनिक बिदा दिने निर्णय गरेको पुष्पकमल दाहाल प्रचण्ड सरकारले बिदाको निर्णय फिर्ता लिएको छ ।

जनताबाट बिरोध भएपछि त्यसको बचाउ गर्न नसकेको सरकारले राष्ट्रपति भण्डारी भारत उडेपछि आजको बिदा कायमै राखेर फर्कंदा शुक्रबारका दिन दिने भनिएको सार्वजनिक बिदा फिर्ता लिएको हो ।

सरकारले आइतबार राष्ट्रपति विद्या भण्डारी पहिलो विदेश भ्रमणमा जाँदा र फर्किदा सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

राष्ट्रपति भण्डारी सोमबार भारतको भ्रमणमा गएकी छिन् र आज सोमबार विदा दिइएको छ ।

तर, शुक्रबारको विदा भने फिर्ता भएको छ । गृह मन्त्रालयले राष्ट्रपति फर्किने दिन शुक्रबारको दिने भनिएको विदा फिर्ता लिइएको जानकारीदएको छ ।

यसअघि भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउँदा समेत दाहाल सरकारले सार्वजनिक बिदा दिएको थियो । त्यसको समेत चर्को आलोचना भएपनि अनेक बहाना बनाएर बचाउ गरेको दाहाल सरकारले फिर्ता लिन नसकेपछि चीनका राष्ट्रपति आउँदा पनि बिदा हुने भनि तोडमोड गरेको थियो ।

नेपालका राष्ट्रपति भारत जाँदा र आउँदा नेपालमै मात्र बिदा दिने भारतले नदिने भन्दै यसको चर्को आलोचना भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web