गौवध मुद्दाका आरोपी ४ बर्ष पछी पक्राउ


बैशाख ४, २०७४ मा प्रकाशित | 629 views

पर्वत ।
करिव ४ बर्ष देखी फरार रहेका फरार अभियुक्त पर्वतको बिहादी गाउँपालिका वडा नं ३ का रमण बहादुर खड्का क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

खड्का लाई गाई मारेर खाएको आरोपमा जिल्ला अदालत पर्वतले २०६९ जेष्ठ २९ गते गौवध मुद्दा अन्तरगत ११ वर्ष १० महिना १४ दिन कैद सजाय तोकेको थियो ।

फरार पश्चात भारतमा वस्दै आएका खड्कलाई घरमा आएको मौका छोपी बिशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय हुवासले नियन्त्रणमा लिई प्रहरी कार्यालय पर्वतमा दाखिला गरेको थीयो ।

प्रारम्भिक अनुसन्धान पश्चात खड्का लाई आईतबार थप कारवाहीको लागी सम्मानित जिल्ला अदालत पर्वतमा बुझाईएको प्रहरीले जनाउको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web