सेनापती पार्टीको कार्यक्रममा अतिथि

बैशाख ३, २०७४ मा प्रकाशित | 1225 views

काठमाडौं ।

नेपाली सेनाका प्रधानसेनापती राजेन्द्र क्षेत्री राजनीतिक दलको अतिथि बन्न पुगेका छन् ।

नेपाल सदभावना पार्टीको महासमिति बैठक उदघाटन समारोहमा अतिथि बन्न सेनापनी क्षेत्री गएका हुन् ।

सुरक्षा निकाय त्यसमा पनि देशको सेनाजस्तो गौरवपूर्ण संस्थाका प्रमूख दलको उद्घाटनमा गएको बिरलै देखिने घटना आइतबार  राष्ट्रिय सभागृहमा देखिएको छ ।

नेता गजेन्द्र नारायण सिंहको जयन्ती भनि बोलाइएको बताइएपनि कार्यक्रममा उनको फोटो बाहेक अन्य सबै पार्टीको कार्यक्रमको प्रचार देखिएको थियो ।

जुन कार्यक्रमको लागि भारतीय नेताहरु समेत सद्भावनापार्टीले बोलाएको देखिएको थियो ।

दौरा सुरुवाल कोट र ढाका टोपी लगाएर कार्यक्रम स्थल पुगेका प्रधानसेनापती कार्यक्रममा गएपनि उनले आसन ग्रहण यथास्थानमा गरे भने लगत्तै कार्यक्रम छाडेर हिँडेका थिए ।

श्रोतका अनुसार तराईका दिवंगत गजेन्द्र जयन्ती सिंहको नाममा बोलाएपछि सेनापती कार्यक्रमस्थल पुगेका थिए । तर राजधानीमै हुने कार्यक्रम कस्तो र के भइरहेको छ भन्ने कुरा सेनाजस्तो सुरक्षा निकायले कस्तो जानकारी बटुलिरहेको छ र कस्तो कदम चालिरहेको छ भन्नेमा तालमेल नमिलेको देखिएको सुरक्षाबिदहरुले टिप्पणी गर्न थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web