प्रकाश अर्याल नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त

चैत्र २८, २०७३ मा प्रकाशित | 763 views

<p>काठमाडौं,चैत २८ । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) &nbsp;मा डिआइजी प्रकाश अर्याललाई नियुक्ति गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठक वरिष्ठता र मूल्यांकनका आधारमा अर्याललाई नियुक्त गरेको हो । सर्वोच्चले डीआईजी जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय खारेज गर्दै चार वर्षको कार्यसम्पादनमा पहिलो हुनेलाई आईजीपी बनाउन निर्देशन दिएको थियो । आईजीपीका लागि डीआईजी नवराज सिलवाल र प्रकाश अर्याल प्रमुख दावेदारका रुपमा हेरिएको थियो ।<br></p><p>यसअघि सरकारले माघ २९ गते डिआइजी जयबहादुर चन्दलाई आइजिपी नियुक्त गर्ने निर्णय गरेको थियो। तर चैत ८ गते सर्वोच्च अदालतले सरकारी निर्णय बदर गरिदिएको थियो। वरिष्ठताका हिसाबले नभई राजनीतिक तवरबाट आइजिपी नियुक्त गरेको भन्दै अधिवक्ता कपिलदेव ढकालले सर्वोच्चमा रिट हालेका थिए। </p><p>डिआइजी नवराज सिलवालले पनि आफू प्रहरी प्रमुख बन्न योग्य रहेको भन्दै सर्वोच्चमा मुद्धा हालेका थिए। आइजिपी नियुक्तिसम्बन्धी विवाद अदालतसम्म पुगेपछि सरकारले नेपाल प्रहरीकै प्राविधिक तर्फका एआइजी डाक्टर दिनेशचन्द्र पोखरेललाई निमित्त प्रमुख बनाएको थियो।</p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web