महोत्तरी, विराटनगर र नुवाकोटमा सवारी दुर्घटनामा ५ जनाको मृत्यु

चैत्र २७, २०७३ मा प्रकाशित | 1193 views

काठमाडौं ।

महोत्तरी जिल्लाको रघुनाथपुर–५ मा आज ट्र्याक्टर दुर्घटनामा परी दुई कामदारको मृत्यु भएको छ ।

मृत्यु हुनेमा  श्रीपुर–८ बस्ने २० वर्षीय मुकेश दास र सोही गाविस–९ बस्ने १९ वर्षीय उदित यादव रहेको प्रहरी कार्यालय रघुनाथपुरले जनाएको छ ।

घटनापछि ट्र्याक्टरका चालक फरार छन् ।

मिनीट्रक दुर्घटना हुँदा दुुईको मृत्यु, दुई गम्भीर

नुवाकोट, २७ चैत ।

नुवाकोटबाट काठमाडौँ जाँदै गरेको मिनीट्रक आज बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने । दुई जना गम्भीर घाइते भएका छन् ।

मिनीट्रक पासाङल्यामु सडकखण्डको सिस्नेरी नजिकै ह्याकुलेमा दुर्घटना हँुदा गाडी धनी बेलकोटगढी नगरपालिका–२ साविकको कुमरी गाविस–१ का २६ वर्षका सुदन न्यौपाने र गाडी चालक बेलकोटगढी नगरपालिका–१ साविकको बेलकोट–९ का २४ वर्षका मछिन्द्र पुडासैनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

मिनीट्रक दुर्घटनामा परी दुवै जनाको घटनास्थलमा नै ज्यान गएको नुवाकोटका प्रहरी उपरीक्षक देवबहादुर बोहराले जानकारी दिनुभयो ।

थ्रेसर मेसिनमा च्यापिएर युवकको मृत्यु

विराटनगर, २७ चैत ।

थ्रेसर मेसिनमा च्यापिएर गएराति मोरङमा एक युवकको मृत्यु भएको छ ।

पथरी–शनिश्चरे–७ स्थित मुक्तिचोक बस्ने १६ वर्षीय सन्दिप मण्डलको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

स्थानीय एक व्यक्तिको घरमा राखिएको गहँुबालीमा थ्रेसर मेसिन लगाउने क्रममा अचानक थ्रेसरभित्र पस्दा उनी थ्रेसरबाट काटिएपछि मृत्यु भएको बताइएको छ ।

आगलागी

गर्मी याम शुरु भएसंगै मुलुकका बिभिन्न भागमा आगलागीका घटना हुन थालेका छन् ।

त्यस क्रममा आज ओखलढुङ्गाको माने भन्ज्याङ्गमा सोलारको तार सर्ट हुंदा स्थानिय बिन्दा परियार र दिलबहादुर परियारको घर जलेर नष्ट भएको छ ।

त्यसैगरी सर्लाहीको लालबन्दी उदयपुरको त्रियुगा र कपिलबस्तुको मायादेबीमा सर्बसाधारणको घरमा आगलागी भएको प्रहरीको केन्द्रिय समाचार कक्षले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web