काठमाडौं ।
अरुले नियम, कानुन र आचारसंहिता उल्लंघन गरे सचेत गराउँदै कानुनी कारवाही गर्नुपर्ने निकायका व्यक्तिनै उल्लंघनमा लागेपछि कसले के भन्ने ?
यस्तै गरिरहेका छन् उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापाले । निर्वाचन आचारसंहिता उल्लंघन गरेपछि अब निर्वाचन आयोगले उपप्रधानमन्त्री थापालाई स्पष्टिकरण सोध्ने भएको छ ।
थापाले आचार संहिताविपरीत केही जिल्लाको भ्रमणमा गरेपछि आयोगले स्पष्टिकरण सोध्न लागेको हो ।
मन्त्रीहरु आयोगको अनुमतिमा जिल्ला सदरमुकामसम्म जान पाउनेभएपछि निर्वाचन आयोगलाई थाहै नदिइ बाइपास गरेर थापा राप्रपा नेपालको पार्टी कार्यक्रममा जिल्ला भ्रमणमा गइरहेका छन् ।
तर, उपप्रधानमन्त्री थापाले स्याङ्जा, बाग्लुङ्गमा कार्यकर्तासँग भेट्नेबारे आयोगलाई कुनै जानकारी गराएका थिएनन् । यसबारे आयोगले आफ्नो ध्यानाकर्षण भएको जानकारी दिएको छ ।
उपप्रधानमन्त्री थापा आइतबार स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिकास्थित सिरुबारी गएका थिए । स्याङ्जा सदरमुकाम तलीबजारबाट दुई घण्टाको पैदल दूरीमा रहेको सिरुवारीमा पुगेर कमल थापाले आफ्ना कार्यकर्ताहरुसँग छलफल गरेका थिए ।
स्याङजाबाट उपप्रधानमन्त्री थापा पोखरा हुँदै सोमबार बाग्लुङ गए । थापाले बाग्लुङ्गमा पार्टी कार्यकर्तालाई सम्बोधन गरेका थिए ।
कमल थापाले निर्वाचन आचारसंहिता उल्लंघन गरेपनि उनको पार्टिका नेताहरुले आचार संहिता उल्लंघन नभएको जिकिर गरेका छन् ।
27.12¡ÆC