मधेशी दलहरु हिन्दी भाषालाई कामकाजी बनाउँदै राजनीतिक अस्थिरता ल्याउन खोजिरहेका छन् ः पोखरेल

चैत्र १९, २०७३ मा प्रकाशित | 900 views

धनकुटा ।
निर्वाचन बिथोल्न खोज्नेहरु फासिष्टहरु भएको नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले बताएका छन् ।

प्रेस चौतारी नेपाल धनकुटाले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले महासचिव पोखरेलले मधेशवादी दल र निर्वाचन बहिष्कार गर्ने दलहरुलाई लक्षित गरेर यस्तो बताएका हुन् ।

उनले भने ‘लोकतन्त्रमा निर्वाचन हुन नदिनु फाँसिवादी चिन्तन हो ।’

लोकतन्त्रमा निर्वाचनबाट आफ्नो प्रतिनीधि छान्न पाउनु जनताको मौलिक अधिकार भएकोले बैशाख ३१ गतेको निर्वाचनको बिकल्प नभएको पनि बताए ।

मधेस केन्द्रित दलले संविधान संशोधनको कुरा उठाएर अस्थिरता सिर्जना गरिरहे पनि पनि अन्नतः निर्वाचनमा भाग लिनुको बिकल्प नभएको उनको भनाई छ ।

मधेशी दलहरुले हिन्दी भाषालाई कामकाजको भाषा बनाउन खोजेको, पहाड र तराईमा छुट्टै राष्ट्रियता छ भन्ने बनाउन खोजेकाले संविधान संशोधन नहुने पनि महासचिव पोखरेलले स्पष्ट पारे ।

मधेसमा एमाले मुक्त अभियान चलाउने र निर्वाचनमा एमाले विरुद्ध अपवित्र गठबन्धन गर्ने तयारी भईरहे पनि एमाले मैदान छाडेर नभाग्ने महासचिव पोखरेलले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web