महाकाली नगरपालिकाका हात्तीले घर भत्काएका परिवाजनलाई राहत बितरण

चैत्र ९, २०७३ मा प्रकाशित | 958 views

<p>पप्पु गुरुङ्, ९ चैत्र, महाकाली । महाकाली नगरपालिकाका तिन हात्ती पिडितहरुका लागी राहत बितरण गरिएको छ् । महाकाली नगरपालिका कार्यालय, कञ्चनपुुरको आयोजनामा महाकाली नगरपालिका वडा नं. ७, संसारी टोलका तिन हात्तीले घर भत्काएका घरधुरीलाई राहत बितरण गरिएको हो । आज महाकाली नगरपालिका वडा नं. ७, संसारी टोलमा एक कार्यक्रमको आयोजना गरि राहत बितरण गरिएको महाकाली नगरपालिका कार्यालयका रघुनाथ भट्टले जानकारी दिएका छन् । महाकाली नगरपालिका वडा नंं. ७, संसारीटोलका चन्द्रा रावत, चन्द्रा डाङ्गी र भबिसरा शाहीलाई राहत बितरण गरिएको हो । शुक्ला फाँटा राष्ट्रिय निकुञ्जबाट गाँउ भित्रिएको हात्तीको बथानले पुर्ण क्षती गरेका चन्द्रा रावतका परिवारलाई २५ केजी चामल, ५ केजी दाल, २ लिटर खाने तेल र ४ केजी नुन बितरण गरेका हुन् । यस्तै आंशिक क्षती भएका चन्द्रा डाङ्गी र भबिसरा शाहीलाई २५ केजी चामल, ६ केजी दाल, २ लिटर दाल र ६ केजी नुन बितरण गरेका छन् । फागुन ५ गते मध्यरातमा शुक्ला फाँटा राष्ट्रिय निकुञ्जबाट गाँउ भित्रिएको हात्तीको बथानले संसारी टोलका ३ घर भत्काउनुको साथै दर्जनौ कृषकको खेतवारीमा लगाईएको अन्नवाली नष्ट गरेको हो । हात्ती पिडित तिन घर परिवारका लागी राहत बितरण कार्यक्रममा महाकाली नगरपालिका कार्यालयका कार्यकारी अधिकृत महेश बहादुर बम, ईलाका प्रहरी कार्यालय, महाकालीका प्रहरी निरिक्षक बीरदत्त पन्त, सई बिरेन्द्र चन्द, महाकाली नगरपालिका कार्यालयका रघुनाथ भट्ट, सुर्जकला रोकाया, संसारीमाई सामुदायिक बनका अध्यक्ष चिन्तामणी जैशी, पत्रकार पप्पुु गुरुङ्ग लगाएत स्थानिय तथा हात्ती पिडितहरुको बाक्लो जमघट रहेको थियो । राहत बितरण गदै महाकाली नगरपालिका कार्यालयका कार्यकारी अधिकृत महेश बहादुर बमले नगरपालिका कार्यालयले घर भत्काएका संसारीटोलका ३ परिवारलाई थोरै भएपनि राहत उपलब्ध गराएको र आगामी दिनहरुमा वन्यजन्तुहरुबाट प्रभावितहरुका लागी राम्रो बजेट स्थापना गर्न आफुले पहल गर्ने प्रतिबद्धता जनाएका छन् । महाकाली नगर क्षेत्रलाई शुक्ला फाँटा राष्ट्रिय निकुञ्ज र भारतिय जंगलले घेरेको क्षेत्र भएको हुदा वन्यजन्तुले बढी क्षती गर्दै आएको अवस्थामा आगामी दिनहरुमा त्यसै प्रकारको नगरपालिकाले कोष स्थापनाको पहल गर्ने कार्यकारी अधिकृत बमले बताए । मध्यरातमा वन्य जन्तुले कुनै प्रकारको बिपत्ती मच्चाउन थालेपछि समयमै प्रहरीलाई खबर गर्न समेत आग्रह गरिएको थियो । राहत बितरण कार्यक्रममा स्थानियहरुले वन्य जन्तुको आतंक रोक्न सरकारले ठोस पहल गर्नु पर्ने माँग गरेका थिए ।&nbsp;</p><div><br></div>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web