बस दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु, २१ जना घाइते

चैत्र ९, २०७३ मा प्रकाशित | 671 views

दमकः पूर्व पश्चिम राजमार्ग अन्र्तगत मोरङ कानेपोखरीमा बस दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ। २१ जना घाइते भएका छन्। बुधबार साँझ बस र मोटरसाइकल ठोक्किदा दुर्घटना भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ। घाइतेमध्ये १ जनाको अवस्था गम्भिर रहेको छ। टायर पड्किएर अनियन्त्रित भएको बसले मे ४ प ८५११ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको छ।

मृत्यु हुनेहरुको सनाखत हुन सकेको छैन। मृतकको शव उर्लाबारीस्थित मंगलबारे अस्पतालमा लगिएको छ। गम्भिर घाइते केरौन मोरङका संखर विक रहेका छन्। घाइतेहरुमा इलाम सूर्योदयकी बबिता विक, कोराबारी झापाका रोसन मण्डल, सतन इम्बु, सुनिता टुडु, सतुवा हैमरन, गौरिगञ्ज झापाका सन्तोष माझी, किशोर चौधरी,  लिलबहादुर भट्टराई, मनिस भट्टराई, भद्रपुर झापाका अनिस विक, गौरिगञ्ज झापाकै दिलिप मण्डल, घैलाडुब्बा झापाका करनजित वर्मा, सिक्किम भारतकी मित्रावती भट्टराई, नारायण प्रसाद भट्टराई, बुटवलका राज आले, केरौन मोरङका विजय मुर्मु, पोखराका अनिल राना मगर, उत्तर प्रदेश भारतका इशर अली र पथरी मोरङका रामकुमार राई रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web