प्रदर्शन उग्र बनाउन मधेसी मोर्चा जिउँदा व्यक्तिलाई मृत घोषणा गर्दै

फाल्गुन २४, २०७३ मा प्रकाशित | 1308 views

काठमाडौं ।
प्रदर्शनको क्रममा गोली लागि घाइते भएका दिगम्बर यादवको धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा उपचार भइरहँदा मधेशी मोर्चाले भने उनलाई मृत घोषणा गरेको छ ।

सप्तरी घटनापछि आन्दोलन उग्र बनाउन मृत व्यक्ति सँख्या बढाउँदै मोर्चाले अस्पतालको बेड नम्वर १० मा उपचार भइरहेका यादवलाई मृत्यु भएको भन्दै विज्ञप्तिमा नाम किटान गरेर लेखेको छ ।

यादवको पिठ्यूमा गोली लागेको भने उनको इमर्जेन्सीमा उपचार भइरहेको छ ।

सप्तरी झडपमा सुरक्षाकर्मीको गोली लागेर संजन मेहता, आनन्द साह र पिताम्बर लाल मण्डलको मृत्यु भएको छ । यसको अस्पतालले पनि पुष्टि गरेको छ । जस अनुसार अहिलेसम्म मृत्यु भएकाको संख्या तीन जना मात्र छ ।

अस्पतालका अनुसार सप्तरी घटनामा घाइते भएका १५ जनालाई अस्पताल भर्ना गरिएको थियो ।

तर यसअघि केही अनलाईनहरुले भने मृत्यु भएकाको संख्या भन्दै सात जना समेत अफवाह फैलाउनेगरि लेखेको पाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web