निर्वाचन आचारसंहित भोलीबाट मन्त्रीहरुलाई लाग्ने

फाल्गुन १७, २०७३ मा प्रकाशित | 902 views

काठमाडौं ।
निर्वाचन घोषणा गरेको सरकारकै मन्त्रीहरुकालागि पहिलो चरणमा भोलीबाट निर्वाचन आचारसंहित लाग्ने भएको छ ।

अयोगले भोलिदेखि मन्त्रीहरुमाथि निर्वाचन आचार संहिता लगाउने भएको छ ।

यससँगै आयोगको सहमति विना कर्मचारीको सरुवा, बढुवा, नियुक्ति र निर्वाचनलाई प्रभाव पार्ने कुनै पनि निर्णय गर्न रोक लाग्नेछ ।

यस्तै विकास निर्माणका लागि भन्दै आकर्षक नयाँ कार्यक्रम थप गर्न, नयाँ बजेट बाँडफाँड र रकमान्तर गर्न समेत रोक लाग्नेछ ।

निर्वाचन आयोगले भोलि विहान ११ बजे प्रधानमन्त्री र सबै मन्त्रीहरुलाई आयोगमा बोलाएको छ । यस्तै सचिवहरुलाई भने दिउँसो ३ बजे बोलाएको छ । यो छलफल लगत्तै आचारसंहिता लागू गर्ने आयोगको तयारी छ ।

भोलि बुधबारदेखि मन्त्रीहरुले निर्वाचनलाई प्रभाव पार्ने गरी कुनै निर्णय गर्न नसक्ने निर्वाचन आयुक्त नरेन्द्र दाहालले जानकारी दिए ।

निर्वाचन आचारसंहिता लागू हुनुअघि मंगलबार नै मन्त्रिपरिषद बैठक बोलाइएको छ ।

्निर्वाचन आचारसंहिता उल्लंघन गरेमा निर्वाचन आयोगले मन्त्रीलाई कालोसूचीमा राख्नेदेखि एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।

मन्त्रीहरुले कुनै उम्मेदवारको पक्षमा र विपक्षमा असर पार्नेगरी आचारसंहिता विपरितको निर्णय वा गतिविधी गरेमा जरिवाना गरिनेछ । साथै उमेदवारी खारेज समेत गरिदिन सक्नेछ ।

यसैगरी लगातार आचारसंहिता उल्लंघन गर्ने मन्त्रीलाई आगामी ५ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन नपाउने गरी कालोसूचीमा राख्न सक्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web