राप्रपामा पूर्वपदाधिकारी नै केन्द्रीय सदस्यमा पराजित, यसरी छानिए केन्द्रीय सदस्य

फाल्गुन १२, २०७३ मा प्रकाशित | 736 views

काठमाडौं, फागुन १२  । राप्रपा महाधिवेशनमा केही पूर्वपदाधिकारी केन्द्रीय सदस्यमा पराजित भएका छन्। प्रवक्ता ठाकुर शर्मा, सहायक प्रवक्ता किरण गिरी र वसन्तमान सिंह अधिकारी, अन्तर्राष्ट्रिय विभागका सदस्यसचिव सुरेशप्रसाद आचार्य, सहायक महामन्त्री तारानाथ लुइँटेल पराजित भए। शीर्ष नेता भने केन्द्रीय सदस्यमा उम्मेदवार बनेनन्। पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, राष्ट्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी र पूर्वराष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणा, दीपक बोहोरा, दिलनाथ गिरी, निरञ्जन थापा भने चुनावमा उठेनन्।

पूर्वअध्यक्ष स्व. सूर्यबहादुर थापाका छोरा सुनीलबहादुर थापा र पूर्वअध्यक्ष लोकेन्द्रबहादुर चन्दका छोरा जयन्त पनि विजयी भए। जयन्तले खुला ४० मध्ये छैटौं स्थानमा रहँदै एक हजार पाँच सय ७९ मत ल्याए। सातौँ स्थानमा रहेका सुनील थापाले एक हजार पाँच सय ५१ मत प्राप्त गरे। पूर्वआइजिपी ध्रुवबहादुर प्रधान खुला ४० को १०औँ भए। उनले एक हजार एक सय ८९ मत प्राप्त गरे।

खुला केन्द्रीय सदस्यमा कोमल वलीले तेस्रो स्थान हासिल गरेकी छिन्। बुद्धिमान तामाङ पहिलो, विक्रम पाण्डे दोस्रो भए। तामाङले एक हजार नौ सय २८, पाण्डेले एक हजार नौ सय २६ र वलीले एक हजार आठ सय ५७ मत ल्याए। एक हजार सात सय ३९ मत ल्याएका धवलशमशेर राणा चौथो भए भने युवा नेता राजेन्द्र लिङ्देनले एक हजार ६ सय ६४ मत ल्याएर पाँचौँ भए।

यता, महिलामा कुन्ती शाहीले एक हजार आठ सय ४८ मत ल्याएर पहिलो भइन्। नायिका रेखा थापाले एक हजार ६ सय तीन मत प्राप्त गरी दोस्रो स्थान हासिल गरिन्। मीरा राणाले एक हजार चार सय ५२ मत प्राप्त गरी तेस्रो स्थानमा आइन्।

यसरी छानिए केन्द्रीय सदस्य

राप्रपामा ९८ केन्द्रीय सदस्य मतदानबाट छानिँदा खुलाबाट ४०, महिलाबाट १६, आदिवासी १६, मधेसी १२, उत्पीडित चार, कर्णाली पिछडिएको क्षेत्र चार, मुस्लिम प्रवास र थारूबाट दुई–दुई सदस्य निर्वाचित भएका छन्। अब अध्यक्ष थापाले २३ पदाधिकारी र ६४ केन्द्रीय सदस्य मनोनीत गर्नेछन्।

अध्यक्षको पदभार ग्रहण गरेकै दिन कमल थापाले १५ जना केन्द्रीय सदस्य मनोनीत गरेका छन्। मनोनीतहरूमा आपूर्तिमन्त्री दीपक बोहोरा, प्रमुख सचेतक दिलनाथ गिरी, नेताहरू नवराज सुवेदी, हरिबहादुर बस्नेत, टंक ढकाल, रामकुमार सुब्बा, नरेन्द्र चौधरी, रामचन्द्र राय, भीमप्रसाद गौचन, रामकृष्ण भट्टराई, उद्धब पौडेल, चन्द्रबहादुर गुरुङ, राम थापा, नरेन्द्रबहादुर चन्द र गीता बस्नेत छन् आजको नयाँ पत्रिकामा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web