दुव्र्यसनी हटाउन प्रहरीको बिद्यालय स्तरीय सचेतनामुलक कार्यक्रम

माघ २५, २०७३ मा प्रकाशित | 897 views

<p>पप्पु गुरुङ्, २५ माघ, दोधारा चाँदनी । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले लागु औषध विरुद्धको बिद्यालय स्तरिय सचेतनामुलक कार्यक्रम संचालन गरिरहेको छ । विद्यार्थीहरुलाई बढि लागु पदार्थ दुव्र्यसनीको प्रभाव पर्ने भएकाले विद्यालयमा अभियान लिएर गएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरीक्षक बीरदत्त पन्तले बताए । पहिलो चरणमा दोधारा चाँदनी क्षेत्रमा सो अभियान थालिएको छ । प्रहरी निरीक्षक पन्तले दोधारा चाँदनीमा लागु औषधमा प्राय: जसो बिद्यार्थी संलग्नता देखिएकोले त्यसलाई नियन्त्रण गर्न विद्यालय–विद्यालयमा अभियान थालिएको बताए । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीको आयोजना र दोधारा चाँदनी नगरपालिका कार्यालयको सहयोगमा जुवा तास एवंम लागु औषधको कुलतमा नपरौ, समाजमा घट्ने अपराधिक घट्नाहरुको रोकथाममा सबैले हातेमालो गरी सभ्य समाजको निर्माण गरौ भन्ने मुल नाराका साथ दोधारा चाँदनीको अधिकांश बिद्यालयमा पुगेर जनचेतना फेलाउने कार्य गर्ने प्रहरीले जनाएको छ् । अभियानको क्रममा हिजो दोधारा चाँदनी नगरपालिका वडा नं. ८ स्थित रहेको श्री अम्बिका उच्च माबिमा गएर प्रहरीले बिद्यार्थीहरु संग छलफल तथा अन्र्तक्रिया गरेको छ् । कक्षा ११ र १२ अध्ययनरत &nbsp;अन्दाजी ८५ जना बिधार्थीहरु र सो बिधालय का शिक्षकहरुको सहभागितामा कार्यक्रमको सुरुमा सहभागीहरुले जनगुनासा, जिज्ञासा तथा अपेक्षाहरु राखेका थिए । सोही जिज्ञासाहरु माथि प्रकाश पार्दै प्रहरी निरिक्षक बीरदत्त पन्तले समाजमा हुने विभिन्न हिसात्मका घटनाको प्रमख कारण जुवातास, मादक पदार्थ तथा लागु औषध रहेको र दशै तिहारको बेला झन यस्ता कार्यहरुले प्रशय पाउने भएकाले यस्ता असमाजिक क्रियाकलापमा सहभागी नहुन आग्रह गरेका छन् । जुवा तास, मादक पदार्थ एवंम लागु औषध जस्ता असमाजिक कार्यहरुले व्यक्तिगत स्वास्थ्य तथा समाजमा पर्ने असरहरुको बारेमा बताउदै निरिक्षक पनतले यस बिरुद्धको अभियानमा सबैले हातेमालो गर्नु जरुरी रहेको बताएका छन् । यस अघि जनज्योती माबिमा प्रहरीले लागु औषध विरुद्धको &nbsp;बिद्यालय स्तरिय सचेतनामुलक कार्यक्रमको सुरुवात गरेको हो ।&nbsp;<br></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web