प्रेमिकामाथि एसिड प्रहार,उपचारको क्रममा मृत्यु

माघ २४, २०७३ मा प्रकाशित | 823 views

प्रेमिकामाथि एसिड प्रहार,उपचारको क्रममा मृत्यु

काठमाडौं,माघ २४ ।  रुपन्देहीमा तेजाब प्रहार गरी एक युवतीको हत्या गरिएको छ । आइतबार राति बुटवल उपमहानगरपालिका–६ स्थित मेरिडियन होटलको कोठा नं १०३ मा बास बस्न गएका धादिङ नौबिसेका २८ वर्षीय सुनिल कोइरालाले नवलपरासी गैँडाकोट–५ की २७ वर्षीया तुल्सा सापकोटालाई तेजाब प्रहार गरेको अभियोग प्रहरीले लगाएको छ ।

राति पौने १२ बजेतिर होटलमा बास बस्न गएका ती युवक र युवती मदिरा सेवन गरी सुतेको र सुतेको केही समयपछि झगडा हुँदा युवकले तेजाब प्रहार गरेको प्रहरीले बताएको छ ।

तेजाब प्रहार गर्दा गम्भीर घाइते भएकी सापकोटाको बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा उपचार हुन नसकी भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचारका क्रममा आज अपराह्न मृत्यु भएको हो । सापकोटाको शव भैरहवास्थित भीम अस्पतालमा राखिएको छ । अभियुक्त कोइराला भने प्रहरी नियन्त्रणमा रहेको रुपन्देही प्रहरीले जनाएको छ । रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र धानुकका अनुसार योजनाबद्ध तरिकाले कोइरालाले सापकोटालाई तेजाब प्रहार गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web