जन्मन नपाउँदै बच्चा चोर्ने महिला बच्चा सहित पक्राउ

वीरगञ्ज ।
वीरगन्ज स्थित नारायणी उपक्षेत्रीय अस्पतालबाट चोरी भएको शिशुको ४८ घण्टा पछि प्रहरीले सकुशल उद्धार गर्नुका साथै चोरीमा संलग्न महिलालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले स्थानीय २२ बर्षिया लालसा देवी साहलाई बच्चा सहित आज दिउँसो पक्राउ गरि सार्वजनिक गरेको छ ।

बिहे गरेको ५ वर्ष सम्म बच्चा नभएको कारण नवजात शिशुलाई अफुले गत शुक्रबार अस्पतालबाट चोरेर लगेको बयान बच्चाको अपहरणमा संलग्न लालसादेवि साहले दिएको प्रहरीले जनाएको छ ।

छोरो जन्माएर सुत्केरी खान माइत आएको भनिएकी लालसादेवीले अर्कैको बच्चा चोरेर माईती घर पुगेपछि पर्सा प्रहरीले बच्चा सहित महिलालाई पक्राउ गरेको पत्रकार सम्मेलनमा मध्यक्षेत्र प्रहरी कार्यालय हेटौडाका प्रहरी नायव महानिरिक्षक पशुपति उपाध्यायले बताउनु भयो ।

प्रहरीले बच्चा आफन्तलाई जिम्मा लगाएको छ । अहिले बच्चाको नारायणी उपक्षेत्रिय अस्पतालको सघन उपचार कक्षमा राखि उपचार भईरहेको र बच्चाको स्थिति सामान्य रहेको पत्रकार सम्मेलनमा अस्पतालका बाल रोग विशेषज्ञ डा।शैलेश ठाकुरले बताउनु भयो ।

प्रतिक्रिया

TOP