१ हजार ७ सय ६० जनामा कोरोना पुष्टि

भदौ ३०, २०७८ मा प्रकाशित
Published at 2021-09-15

147 views

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप एक हजार सात सय ६० जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १६ हजार आठ सय ४४ जनाको नमुना परीक्षण गर्दा एक हजार सात सय ६० जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये १० दशमलव ४४ प्रतिशतमा सङ्क्रमण देखिएको छ । थपिएकासहित नेपालमा सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ६८ हजार ६ सय ६५ पुगेको छ ।

थप एक हजार दुई सय २० जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ४३ हजार पाँच सय २६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

यस्तै यही अवधिमा सात जना सङ्क्रमितको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार नौ सय ९१ पुगेको छ ।

अहिले नेपालमा २६ हजार तीन सय सात जना सक्रिय सङ्क्रमित रहेकामा चार सय सात जनाको आईसीयू र एक सय २९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

२४ घण्टामा दुई लाख ९९ हजार एक सय ३३ जनाले काेराेनाविरुद्धकाे खोप लगाएका छन् । अहिलेसम्म एक करोड १४ लाख १९ हजार चार सय जनाले खोप लगाएकामा ५४ लाख १५ हजार चार सय जनाले पूर्ण मात्रा र ६० लाख चार हजार जनाले पहिलो मात्रा खोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.