१ हजार ३ सय ३० जनामा कोरोना पुष्टि

अशोज ५, २०७८ मा प्रकाशित
Published at 2021-09-21

152 views

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर एक हजार तीन सय ३० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १३ हजार ६ सय २२ जनाको नमुना परीक्षण गर्दा एक हजार तीन सय ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो २४ घण्टामा गरिएको परीक्षणको नौ दशमलव ७६ प्रतिशत हो । आज थपिएकासहित नेपालमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ७५ हजार नौ सय ५९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक हजार आठ सय ३० जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ५४ हजार पुगेको छ ।

यही अवधिमा थप पाँच जना सङ्क्रमितकाे ज्यान गएकाे छ । योसहित नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ५३ पुगेको छ ।

अहिले नेपालमा २१ हजार पाँच सय २४ जना सक्रिय सङ्क्रमित रहेकामा तीन सय ३५ जनाको आईसीयू र एक सय सात जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा ५२ हजार दुई सय ४२ मात्रा कोरोनाविरुद्धको खोप लगाइएको छ । योसहित नेपालमा पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ५६ लाख २८ हजार सात सय ९२ जना र एक मात्रा खोप लगाउनेको सङ्ख्या ६२ लाख ३० हजार आठ सय २३ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.