१५ दिने कला प्रदर्शनी सुरु

अशोज ८, २०७८ मा प्रकाशित
Published at 2021-09-24

1279 views

काठमाडौँ । ललितपुरमा १५ दिने कला प्रदर्शनी सुरु भएको छ ।

कोरोना महामारीपछि कला क्षेत्रलाई पुनःजीवन दिन ललितपुर महानगरपालिका–१ बखुण्डोलमा रहेको कुण्डलिनीमा हिजोदेखि सुरु भएको प्रदर्शनीमा १४ कलाकारका १८ कलाकृति प्रदर्शनीमा राखिएका छन् ।

प्रदर्शनीमा गोपाल कलाप्रेमी, सुष्मा राजभण्डारी, राजु पिठाकोटे, सरोज बज्राचार्य, किशोर नकर्मी, विकास शाक्य, रोशन प्रधान, पासाङ विक्रम लामा, अजय देसार, विपना महर्जन, माला श्रेष्ठ, प्रद्युम्न श्रेष्ठ, कान्छाकाजी भाषीमा र रुद्रबहादुर पुनका चित्रकला राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.