१४ औं महाधिवेशनबारे निर्णय गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

साउन १४, २०७८ मा प्रकाशित
Published at 2021-07-29

117 views

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ । दिउँसो २ बजेपछि सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्ने बैठकमा १४ औं महाधिवेशनको कार्यतालिका संशोधन लगायतका विषयमा छलफल हुने बुझिएको छ ।

भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन हुने भनिए पनि अनिश्चित बनेको छ । आजको बैठकले महाधिवेशनबारे निर्णय गर्ने सम्भावना छ । यस्तै, बैठकमा मन्त्रिपरिषद् विस्तारबारे पनि छलफल हुनेछ । हिजोको पदाधिकारी बैठकले क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदनलाई पूर्णता दिनका लागि एक दिनको समय दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.