होटलबाट २ सय डोज खोप बरामद

साउन १५, २०७८ मा प्रकाशित
Published at 2021-07-30

165 views

काँकडभिट्टा । झापा विर्तामोडको एक होटलमा लुकाइएको २ सय डोज खोप प्रहरीले बरामद गरेको छ । विर्तामोड नगरपालिकाका स्वास्थ्य शाखाका फोकल पर्सन ओम खड्काले शुक्रबार टाइमलेस मुभमेन्ट होटलमा खोप लुकाएको थाह पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले होटलबाट २ सय जनालाई पुग्ने सय भाइल खोप बरामद गरेको प्रहरीले जनाएको छ ।

फोकल पर्सन खड्कालाई समेत अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले जनाए । कुन उद्देश्यले होटलमा खोप लुकाइएको हो भन्नेबारे अनुसन्धान सुरु भएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.