हारेपनि सेल्टिक युरोपा लिगको समूह चरणमा प्रवेश गर्यो

भदौ ११, २०७८ मा प्रकाशित
Published at 2021-08-27

114 views

एजेन्सी । कार्ल स्टारफेल्टको आत्मघाति गोलमा गए राति एजी अल्कमारसँग २-१ को पराजय भोगे पनि युरोपा लिगको समूह चरणमा स्थान सुरक्षित गर्न सफल भएपछि सेल्टिकले त्यसको मुल्य चुकाउनु परेन ।

पहिलो लेगमा हासिल गरेको २-० को जितको अग्रतासहित सेल्टिकले बिहीबार राति एएफएएस रंगशालामा दोस्रो लेगको सुरुआत गरेको थियो । त्यसैले दोस्रो लेगमा पराजित भए पनि टोली ३-२ को समग्र अन्तरमा अग्रता हासिल गर्दै समूह चरण पुगेको हो ।

ग्लास्गोको क्लबका लागि क्योगो फुरुहासीले उत्कृष्ट सुरुआतलाई निरन्तरत   दिने क्रममा तेस्रो मिनेटमै सेल्टिकको खाता खोलेका थिए ।

तर फुरुहासीको गोलमा सेल्टिकले धेरै बेर खुसी मनाउन पाएन । छैटौं मिनेटमा जाकारिया अबोखलालले एजीका लागि बराबरी गोल गरे । २६औं मिनेटमा स्टारफेल्टले आत्मघाति गोल गरेपछि एजी जितको लायक बन्यो ।

[caption id="attachment_28274" align="alignnone" width="624"] युरोपा लिग छनोटका अर्को खेलमा गए राति ग्रिस्को ओलम्पियाकोसले स्लोभान ब्राटिस्लाभासँग २-२ को बराबरी खेले पनि समग्रमा ५-२ को अग्रतासहित समूह चरणमा स्थान सुरक्षित गर्‍यो । पहिलो लेगमा ओलम्पियाकोसले ३-० को जित हासिल गरेको थियो ।[/caption]

यसैगरी फेनेरबाचे, र्‍यापिड भियाना, रेन्जर्स, गालाटासरे, रेड स्टार बेलग्रेड र लेगिया वार्साले पनि आवश्यक नतिजा निकाल्दै समूह चरणमा स्थान पक्का गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.