सिन्धुलीको ढुंग्रेबास बजारका ५ पसलमा चोरी

असार २९, २०७८ मा प्रकाशित
Published at 2021-07-13

21 views

सिन्धुली । सिन्धुलीमाढीको ढुंग्रेबासमा आइतबार राति पाँच वटा पसलमा चोरी भएको छ । कमलामाई नगरपालिका–४ को ढुंग्रेबासमा कपडा, तरकारी, टेलर र मासु पसल र घरको ढोका फोरेर चोरी भएको प्रहरीले जनाएको छ । चोरी भएको बजारनजिकै प्रहरी चौकी रहेको छ ।

व्यवसायीहरु प्रकाश देवकोटा, गुण श्रेष्ठ, छत्रबहादुर बस्नेत र टेलर रहेको पसल फुटाएर रेडिमेड कपडा, केही नगद, रिचार्ज कार्ड, तयारी मासु, दही, घ्यूलगाएत सामान चोरी भएको छ । पसलमा रहेको सामान मौज्दातको रेकर्ड हेरेपछि मात्र के कति चोरी भयो भन्ने यकिन हुने व्यापारीहरुको भनाइ छ ।

बजारमा रहेको काठका घर छानिछानी ढोका फोरेर चोरी भएको ढुंग्रेवास बजार टोल विकास संस्थाका अध्यक्ष हरि भेटवालले जानकारी दिए । माथिल्लो ढुंग्रेवास बजारमा झ्याल फोरेर चोरले डेढ तोला सुन समेत चोरी भएको पाइएको अध्यक्ष भेटवालले बताए ।

दुई सय मिटरआसपासमा ढुंग्रेवास प्रहरी चौकी भए पनि पसलमा चोरी भएकाले त्रास उत्पन्न भएको स्थानीय र व्यापारीले बताएका छन् । सीसीटिभी फुटेजको रेकर्ड आधारमा चोरीमा संलग्न भएकाहरुको खोजी कार्यलाई तीव्रता दिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मनोजकुमार लामाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.