सानिमा बैकद्घारा “विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था”लाई कलर प्रिन्टर सहयोग

मंसिर ६, २०७८ मा प्रकाशित
Published at 2021-11-22

139 views

नुवाकोट । सानिमा बैकको विदुर शाखाले नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नं. २ स्थित विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था विदुरमा नियमित कार्यालय प्रयोजनका लागी कलर प्रिन्टर १ थान सहयोग प्रदान गरेका छ ।

सानिमा बैँक लिमिटेड बिदुर शाखाका शाखा प्रवन्धक मधुप्रकाश खतिवडाले उक्त प्रिन्टर हस्तान्तरण गर्नुभएको हो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त सहयोग प्रदान गरेको हो ।

यस अघि पनि बैंकले “श्री विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था” लाई १ थान कम्प्युटर प्रदान गरेको थियो साथै जिल्लामा अन्य समाजिक तथा शैक्षिक कार्यमा सहयोग गरीरहेको छ ।

सानिमा बैंकले बिगत पाँच वर्ष देखि जिल्लाको बिदुरमा शाखा कार्यालय स्थापना गरि बित्तिय सेवा संचालन गर्दै आईरहेको छ । यस अतिरिक्त बैकले जिल्लाको वेल्कोटगढी नगरपालिका, किस्पाङ र शिवपुरी गाउपालिकामा समेत आफ्नो शाखा कार्यालय स्थापना गरि बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.