सत्य घटनामा आधारित उपन्यास ‘सखिला’ विमोचन

साउन १८, २०७८ मा प्रकाशित
Published at 2021-08-02

3898 views

काठमाडौ । सत्य घटनामा आधारित उपन्यास ‘सखिला’ विमोचन गरिएको छ । उत्तम निरौलाद्वारा लिखित उपन्यास शनिबार आयोजित एक कार्यक्रममा वरिष्ठ साहित्यकार पद्मावती सिंहले विमोचन गरिन् ।

उपन्यासमा नेपाली महिलाले भोग्नुपरेका विभिन्न सामाजिक पाटो उजागर गरिएको छ । सिंहले नेपाली नारीहरूले समाजमा भोग्ने उत्पीडन र मनोवैज्ञानिक असरको विषयमा स्रष्टाले कलम चलाउनु नारीहरूको निम्ति गौरवको विषय भएको बताइन् ।

‘सखिला’ तथा दृष्टिकोण परिवारले आयोजना गरेको कार्यक्रममा वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ, शंकर भारती, वृन्दादेवी निरौला, विश्वराज ढुंगानालगायतको उपस्थिति रहेको थियो ।

लेखक निरौलाको दोस्रो कृति ‘सखिला’ हिमशिखर बुक्सले बजारमा ल्याएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.