श्री नं ६ बाहिनी अड्डाको आयोजनामा स्बास्थ्य शिबिर सम्पन्न

कार्तिक १८, २०७८ मा प्रकाशित
Published at 2021-11-04

186 views


बिदुर । नुवाकोटको बिदुर नगरपालिका वडा नं ५ देबिघाटमा रहेको जेष्ठ नागरिक सेवा आश्रममा स्बास्थ्य शिबिर सम्पन्न भएको छ ।
बुधबार नेपाली सेनाको श्री नं ६ बाहिनी अड्डाले आयोजना गरेको स्बास्थ्य शिबिरमा १७ जना पुरुष र १० जना महिला गरी २७ जना जेष्ठ नागरिकले स्बास्थ्य परिक्षण गराएका छन् । शिबिरका लागी श्री नं ६ फि.ए गुल्मका डाक्टर अधिकृत प्यारामेडिक्सको टोलीले सहजिकरण गर्नुभएको थियो । शिबिरमा रुखा, खोकी, ज्बरो, पाएल्स, प्रेसर, सुगर लगायतका रोगहरुको उपचार गरी निशुल्क औषधी उपलब्ध गराईएको छ ।

शिबिर सञ्चालनका क्रममा जेष्ठ नागरिक सेवा आश्रम देबिघाटका अध्यक्ष बिष्णु नेपालले शिबिरबाट उपलब्ध गराएको सेवाले चेतना र अभाबका कारण रोगबाट पिल्सिएर बसेका जेष्ठ नागरिकलाई लाभ मिलेको बताउनुभएको छ । साथै उहाँले निकट भबिष्यमा पनि सेनाको मानब कल्याणको कार्यक्रम भित्र जेष्ठ नागरिक सेवा आश्रमलाई समाबेश गर्न आग्रह गर्नुभएको छ ।
स्बास्थ्य शिबिर कार्यक्रममा श्री नं ६ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी रबिन्द्र केसी, जबरजंग गण नुवाकोटका गणपति अरुण कार्की लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.