शेयर बजार ४० अङ्कभन्दा धेरैले घट्यो

भदौ ३०, २०७८ मा प्रकाशित
Published at 2021-09-15

92 views

काठमाडौँ । शेयर बजार आज बुधवार पनि घटेको छ । नेप्से आज ४० दशमलव २६ अङ्कले घटेर दुई हजार आठ सय ८९ विन्दुमा झरेको छ ।

बजार खुलेको केही बेर बजार बढे पनि त्यसपछि घट्न सुरु भएको थियो । आज बैंक, व्यापार, जलविद्युत्, बीमा, फाइनान्स, उत्पादनसहित सबै समूहको शेयर घटेको छ ।

आज हिमालयन ऊर्जा विकास कम्पनी र गुराँस फाइनान्सको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि मनकामना स्मार्ट लघुवित्त कम्पनीको शेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज दुई सय २२ कम्पनीका शेयर कारोबार भएकोमा जम्मा १६ वटा कम्पनीको शेयर मात्रै सामान्य बढेको छ ।

आज एक करोड पाँच लाख कित्ता शेयर पाँच अर्ब ३५ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको २२ करोड १४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.