विरोध प्रदर्शनमा सेनाले गोली चलाउँदा सात जनाको मृत्यु

कार्तिक ९, २०७८ मा प्रकाशित
Published at 2021-10-26

88 views

काठमाडौँ । सुडानमा सैन्य 'कु' को विरोधमा भएको प्रदर्शनका क्रममा सेनाले गोली चलाउँदा सात जनाको ज्यान गएको छ । एक सय ४० जनाभन्दा धेरै घाइते भएका छन् ।

केही प्रदर्शनकारीलाई सेनाले पक्राउ गरेको बीबीसीले जनाएको छ । हिजो प्रधानमन्त्री अब्दुल्लाह हामदोकसहित केही मन्त्री र मन्त्रिपरिषद्का एक सदस्यलाई पनि सेनाले हिरासतमा लिए पछि सुडानमा विरोध प्रदर्शन भएको थियो । सुडानसँगै सैन्य 'कु' को विश्वभर निन्दा भएको छ ।

अमेरिकाले केही आर्थिक सहयोग समेत रोकेको छ । यसैबीच सुडानमा सेनाले सरकार विघटन गर्दै सङ्कटकालको घोषणा गरेको छ । सेनाले २०२३ को जुलाईमा चुनाव गर्ने पनि घोषणा गरेको छ ।

प्रधानमन्त्रीको कार्यालयले भने सेनाको निर्णयविरुद्ध सडकमा आउन आह्वान गरेको छ । सुडानमा शासक ओमार अल–बसिरलाई दुई वर्षअघि सत्ताच्युत गरी सङ्क्रमणकालीन सरकार गठन गरेपछि सैनिक र नेताहरूबीच मतभेद थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.