वार्ताका लागि तालिबानलाई रुसको निम्तो

अशोज २१, २०७८ मा प्रकाशित
Published at 2021-10-07

123 views

काठमाडौँ । रुसले अफगानिस्तान कब्जा गरेको तालिबानलाई अन्तर्राष्ट्रियस्तरको वार्ताका लागि निम्तो दिएको छ ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले यही अक्टोबर २० तारिखमा तालिबानलाई वार्ताका लागि राजधानी मस्कोमा निमन्त्रणा गरेको समाचार संस्था एएफपीले जनाएको छ ।

अफगानिस्तानमा रहेका पुटिनका विशेष प्रतिनिधि जमिर काबुलोभले तालिबानले अफगानिस्तान कब्जा गरेपछि उसको भूमिका बढेको र अन्तर्राष्ट्रिय समुदायले सहयोग गर्नुपर्ने सन्देश दिन वार्ताको आह्वान भएको बताउनुभएको खबरमा उल्लेख छ ।

गएको मार्च महिनामा पनि अफगानिस्तानको बारेमा रुसले अमेरिका, चीन र पाकिस्तानसहितका देशको सहभागितामा एक सम्मेलन गरेको थियो ।

तालिबानले सत्ता कब्जा गरेपछि पूर्वी सोभियत गढहरूमा इस्लामिक आतङ्कवादी गतिविधि बढ्न सक्ने भन्दै रुसले चिन्ता व्यक्त गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.