वषौंदेखि हराएका दुई महिलाको उद्धार

भदौ १९, २०७८ मा प्रकाशित
Published at 2021-09-04

92 views

काठमाडौँ । वषौंदेखि नेपालमा हराएका दुई भारतीय महिलाको उद्धार गरेर परिवारको जिम्मा लगाइएको छ । काठमाडौंबाट उद्धार गरी ल्याइएका उनीहरूलाई शनिबार नयाँ दिल्लीमा परिवारजनलाई जिम्मा लगाइएको हो ।
एक दशकदेखि हराएकी उत्तरप्रदेश बरेली, शिवपुरीकी ६० वर्षीय लिलावती देवी तथा १२ वर्षदेखि घरबाट बेपत्ता हुन पुगेकी झारखण्ड मास्मोनाकी ३२ वर्षीया अतवरीयालाई काठमाडौंबाट दिल्ली ल्याइएको हो । लिलावतीलाई लिन उनका ३२ वर्षीय छोरा आछुबाबु दिल्लीस्थित झारखण्ड भवन आएका थिए । लिलावती सन २०१२ को मार्चबाट हराएकी थिइन् ।
त्यस्तै,अतवरियालाई लिन उनको दिदी मन्जु र भिनाजु विजय आएका थिए । अतवरिया भने आफ्नो घरबाट हराएको १२ वर्ष भइसकेको रहेछ । तर, दुवैजना काठमाडौं कसरी पुगे उनीहरु बताउन सकेनन् ।

वर्षौंपछि आमालाई भेट्न पाएका छोरा र बहीनीलाई भेटेका दिदीको खुसीको सीमा थिएन । परिवारबाट विछोडिएका आफ्न्तको उनीहरुले धेरैतिर खोजतलास गरेका थिए । तर, कतै पत्ता नलागेपछि उनीहरु फर्किन्छन्, भन्ने आश मारिसकेका थिए । चण्डिगढ प्रहरीले केही दिन अगाडि दुवै परिवारलाई हराइरहेका उनीहरुको आमा र दिदी काठमाडौंमा रहेको जानकारी गराएका थिए ।

आफन्त नेपाल नामक संस्थाले काठमाडौंको मंगला साहना दीर्घकालीन पुनःस्थापना केन्द्रको आश्रयमा रहेकी ती दुईजना भारतीय महिलालाई उनीहरुको परिवारसम्म पुर्‍याउने भूमिका खेलेको हो । आफन्त नेपालका दिल्ली प्रमुख नविन जोशीले केही समय अगाडि दिल्लस्थित नेपाली दूतावास मार्फत काठमडौंमा दुईजना घर/ठेगना नखुलेको महिला रहेको जानकारी दिएपछि खोजी थालिएको बताए ।
भारतको हरेक प्रदेशको प्रहरी र संघ संस्थालाई महिलाबारे जानकारी पठाएपछि धेरैपछि उनीहरु झारखण्ड र उत्तर प्रदेशको रहेको पत्ता लागेको उनले बताए । यसकार्यमा चण्डिगढको प्रहरी अनुसन्धान ब्यूरोले आफूहरुको काममा सक्रिय साथ दिएको उनले उल्लेख गरे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.