लागुऔषधसहित ६ जना पक्राउ

अशोज २४, २०७८ मा प्रकाशित
Published at 2021-10-10

92 views

कैलाली । प्रहरीले कैलालीबाट लागुऔषधसहित ६ जनालाई पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–२ र १३ बाट लागुऔषधसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक(एसपी) विश्व अधिकारीले धनगढी उपमहानगरपालिका–२ को राम जानकी मन्दिर नजिकबाट दुई जना र १३ को राजपुरबाट चार जनालाई पक्राउ गरिएको जानकारी दिए ।

एसपी अधिकारी का अनुसार पक्राउ पर्नेमा २५ वर्षीय राजु गुप्ता र २७ वर्षीय किरन भुजेल रहेको एसपी अधिकारीले बताए । उनीहरुको साथबाट तीन ग्राम एक सय मिलिग्राम खैरो हिरोइन बरामद गरिएको छ ।

यस्तै राजपुरबाट स्थानीय १८ वर्षीय आकाश राना, १८ वर्षकै राजेश राना, १८ वर्षीय राजकुमार राना र १८ वर्षीया सुजिता रानालाई पक्राउ गरिएको छ । उनीहरु चारैजनालाई विशेष सूचनाका आधारमा कोठामा लागुऔषध सेवन गरिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट ३ ग्राम ६९० मिलिग्राम लागुऔषध ब्राउन सुगर बरामद गरिएको छ । पक्राउ परेका ६ जनाविरुद्ध लागुऔषध शीर्षकमा मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.