रोनाल्डोले युभेन्टस् छाड्ने, म्यानचेस्टर सिटीले खरिदको लागी प्रयास गर्दै

भदौ ११, २०७८ मा प्रकाशित
Published at 2021-08-27

134 views

एजेन्सी । ह्यारी केनलाई भित्र्याउन म्यानचेस्टर सिटी असफल भयो । तर, अब क्रिष्ट्रियानो रोनाल्डोलाई भित्र्याउन आतुर भएर बसेको छ । किनकी, यही समय रोनाल्डोले युभेन्टस् छाड्ने निर्णय लिएका छन् ।

स्पेनिस वेवसाइट मार्काका अनुसार रोनाल्डोले यस विषयमा प्रशिक्षक मास्सिमिलिआने एलिग्री र टेक्निकल डाइरेक्टर पाभेल नेदभेदलाई जानकारी दिइसकेका छन् । यसअघि रोनाल्डोले क्लबमै बस्ने निर्णय गरेका थिए । तर पछिल्लो समय उनको मुड परिवर्तन भइसकेको छ ।

युभेन्टस् अहिले रोनाल्डोका लागि उपयुक्त मुल्यको प्रतिक्षामा छ । मार्काका अनुसार ३ करोड युरोको हाराहारीमा रकम प्राप्त भए युभेन्टस्ले उनलाई बेच्नसक्छ । रोनाल्डोलाई भित्र्याउने अभियानमा म्यानचेस्टर सिटी निकै अघि छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.