रिलायन्स लाइफद्वारा २ करोड ५० लाखको मृत्यु दाबी भुक्तानी

साउन १४, २०७८ मा प्रकाशित
Published at 2021-07-29

67 views

काठमाडौँ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले २ करोड ५० लाखको मृत्यु दाबी भुक्तानी हस्तान्तरण गरेको छ ।

कोहलपुर नगरपालिकाका सर्जन विकको मृत्युपछिकाे कम्पनीको नियमअनुरुप यस दाबी भुक्तानी रकम बीमितको इच्छाइएको व्यक्ति धर्मपत्नी/श्रीमती सपना मल्ललाई हस्तान्तरण गरेको हो ।

दाबी भुक्तानी कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल, कार्यकारी निर्देशक राजु रमन पौडेल, कम्पनीका सञ्चालक समितिका अध्यक्ष ताराचन्द केडिया, सञ्चालक जगदीशकुमार अग्रवाललगायत कम्पनीका पदाधिकारीको उपस्थिति रहेको थियो ।

कम्पनीले अहिलेसम्म आठ करोड २३ लाख रुपैयाँ बराबरको दाबी रकम भुक्तानी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.