राष्ट्रिय सभाको बैठक भदौ ३० गतेसम्मका लागि स्थगित

भदौ २८, २०७८ मा प्रकाशित
Published at 2021-09-13

73 views

काठमाडौँ । राष्ट्रिय सभाकाे बैठक आउँदाे भदाै ३० गतेसम्मका लागि स्थगित भएकाे छ । नेकपा एमालेकाे अवराेधका कारण राष्ट्रिय सभाकाे बैठक भदाै ३० गतेसम्मका लागि स्थगित गरिएकाे हाे ।

आज बसेकाे पहिलाे बैठकमा एमालेले अवराेध गरेपछि बैठक १५ मिनेटसम्मका लागि स्थगित गरिएकाे थियाे । त्यसपछि सुरु भएकाे बैठकमा पनि एमालेले अवराेध गरेपछि बैठक भदाै ३० गतेसम्म स्थगित गरिएकाे हाे ।

एमाले सांसदकाे विराेधकै बीच राष्ट्रिय सभाबाट लोक सेवा आयोग विधेयक २०७८ पारित भएकाे छ ।

एमाले सांसदकै अवराेधका कारण प्रतिनिधि सभाकाे बैठक पनि भाेलि मङ्गलवार २९ गतेसम्मका लागि स्थगित भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.