राष्ट्रिय गौरवको आयोजनामा जनप्रतिनिधिबाटै अवरोध

भदौ २९, २०७८ मा प्रकाशित
Published at 2021-09-14

225 views

रसुवा । चीनसँग जोडिने राष्ट्रिय गौरवको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजना निर्माणका स्थानीय जनप्रतिनिधिले अवरोध गरेका छन् ।

सडक खण्डको बेत्रावती बाइ जक्सनदेखि नयाँपुल सम्म मुआब्जा विवादलाई लिएर उत्तरगया गाउँपालिका–५ का वडाध्यक्ष ईश्वरबहादुर थापा र उहाँको परिवारले काममा अवरोध गरेको आयोजना प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिनुभयो ।

सोमबार तीन सय मिटर सडक निर्माणको क्रममा वडाध्यक्ष सहितका केही व्यक्तिले कार्य क्षेत्रका कामदारमाथि दुर्व्यवहार र हातपात गरेको योजना प्रमुख भण्डारीको भनाइ छ । स्थानीय प्रशासनले योजनाको सुरक्षार्थ खटाएका सुरक्षाकर्मीमाथि समेत दुर्व्यवहार भएपछि योजनाले जिल्ला प्रशासन कार्यालयसँग थप सुरक्षाकर्मी माग गरेको छ ।

विगतमा त्रिशुली थ्रीए जलविद्युत् आयोजनाले मुआब्जाको बिषय टुङ्गो नलगाएकाले त्यस क्षेत्रमा काम अघि बढाउन सकिएको थिएन । तर बीसभन्दा बढी परिवारलाई मुआब्जा वितरण भइसकेको र तीस परिवारलाई एक साताभित्र वितरण गरिने योजना प्रमुख भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.