राष्ट्रपतिद्वारा दुई प्रदेश प्रमुख पदमुक्त

साउन १३, २०७८ मा प्रकाशित
Published at 2021-07-28

154 views

काठमाडौँ । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पाैडेल र लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादव पदमुक्त हुनुभएकाे छ ।

मन्त्रिपरिषद्को मङ्गलवार बसेको बैठकले गण्डकी प्रदेश प्रमुख पौडेल र लुम्बिनी प्रदेश प्रमुख यादवलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष प्रस्ताव गरेकाे थियाे । त्यही सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले पाैडेल र यादवलाई पदमुक्त गर्नुभएकाे हाे ।

राष्ट्रपति भण्डारीले संविधानकाे धारा १६५ काे उपधारा १ काे खण्ड ख बमाेजिम पाैडेल र यादवलाई पदमुक्त गर्नुभएकाे राष्ट्रपति कार्यालयकाे विज्ञप्तिमा भनिएकाे छ ।

मन्त्रिपरिषद्ले गण्डककाे प्रमुखमा गुरुङ र लुम्बिनीमा अमिक शेरचनलाई नियुक्त गरेको छ ।

यी दुवै प्रदेशमा केपी शर्मा ओली नेतृत्वको सरकारले अघिल्ला प्रदेश प्रमुख हटाएर नयाँ नियुक्त गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.