मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

मंसिर ३, २०७८ मा प्रकाशित
Published at 2021-11-19

83 views

काठमाडौँ । काठमाण्डौको माइती घर मण्डलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

गएराति दुई बजे वाग्मती प्रदेश ०२–०२४ प ६७७१ नम्बरको मोटरसाइकल माइती घर मण्डलामा रहेको जेब्राक्रस नजिकै पल्टिएको हो । दुर्घटनामा मोटरसाइकलको पछाडि बस्ने काभ्रेका २१ वर्षका रोमन मल्लिकारको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार मोटरसाइकल पल्टिँदा मल्लिकार सडकपेटीमा ठोक्किनु भएको थियो । उहाँको माइती घर मण्डलामा नै रहेको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

मोटरसाइकलका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.