मुग्लिन–नौबिसे सडक पहिरोले बन्द

भदौ ३०, २०७८ मा प्रकाशित
Published at 2021-09-15

120 views

काठमाडौँ । पहिराको कारण मुग्लिन–नौबिसे सडक बन्द भएको छ । सडक माथिबाट पहिरो झरेपछि दुईतर्फी नै सडक बन्द भएको हो ।

पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ५ नाग्दीखोला नजिकै बिहान दुई बजेतिर पहिरो खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

सडकमाथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो । अहिले पहिरो हटाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर मगरले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.