मानव अधिकार आयोगका कार्यालय दशैँ, तिहार र छठ बिदामा पनि खुल्ला रहने

अशोज २६, २०७८ मा प्रकाशित
Published at 2021-10-12

414 views

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश र प्रदेशका शाखा कार्यालयहरू दशैँ, तिहार र छठ बिदाका दिनमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुल्ला हुने भएको छ ।

आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलका अनुसार नागरिकको मानव अधिकार संरक्षणको कार्यलाई ध्यानमा राखेर आयोगले विगतमा झैँ यस वर्ष पनि बिदामा आयोग खुल्ला रहनेछ ।

यस अवधिमा आयोगले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूमा उजुरी लिने तथा आवश्यकतानुसार गम्भीर प्रकृतिका घटनाको आवश्यक अनुगमन समेत गर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.