माधव नेपालको लागी एमालेमा ठाँउ छैन :अध्यक्ष शर्मा

साउन १६, २०७८ मा प्रकाशित
Published at 2021-07-31

136 views

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल जस्ता नेताहरुका लागि पार्टीमा ठाउँ नभएको बताउनुभएको छ । आज नेकपा एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकमा अध्यक्ष ओलीले वामपन्थीको सरकार ढाल्ने र दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिएको भन्दै उहाँले माधव नेपालका लागि पार्टीमा ठाउँ नभएको बताउनुभएको हो । पार्टीमा बाटो बिराउनेहरुका कारण ठूलो क्षति भएको भन्दै अध्यक्ष ओलीले गलत काम गर्ने मुख्य , मुख्य बाहेक अरु भने पार्टीमा फर्किन सक्ने बताउनुभयो । तर पार्टी एकताका नाममा धेरै कुर्न नसकिने अध्यक्ष ओलीको भनाइ छ । अध्यक्ष ओलीले आगामी चुनावमा पार्टीले बहुमत ल्याउने दावी गर्दै पार्टीमा खुट्टा तान्नेहरु कोही नभएको र अब सजिलै बहुमत ल्याउन सकिने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.