महिला एसियन कप–२०२२ को छनोटमा नेपालले फिलिपिन्ससँग खेल्दै

अशोज २, २०७८ मा प्रकाशित
Published at 2021-09-18

61 views

काठमाडौँ । एएफसी महिला एसियन कप–२०२२ को छनोटमा नेपालले आज फिलिपिन्ससँग खेल्दैछ । खेल दिउँसो पौने ४ बजे उज्वेकिस्तानको जेएआर स्टेडियमा सुरु हुनेछ ।

हिजो भएको पत्रकार सम्मेलनमा नेपालका प्रशिक्षक ग्यारी फिलिप्सले आफूले नयाँ र चुस्त टिम तयार पारेकाले राम्रो नतिजा आउनेमा ढुक्क रहेको बताएका छन् । छनोट अन्तर्गत नेपाल रहेको समूहमा फिलिपिन्स र हङकङ रहेका छन् ।

समूहको शीर्ष स्थानमा रहने टोलीले अर्को वर्षको फेब्रुअरीमा भारतमा हुने महिला एसियन कप खेल्न पाउनेछ । छनोट अघि नेपालले काठमाण्डौमा बङ्गलादेशसँग २ वटा मैत्रीपूर्ण खेल खेलेकोमा एकमा जित र एकमा बराबरीको नतिजा निकालेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.