मलामी गएका व्यक्तिमाथि बम आक्रमण, आठ जनाको मृत्यु

साउन १७, २०७८ मा प्रकाशित
Published at 2021-08-01

252 views

बग्दाद । इराक राजधानी बगदादबाट उत्तरी क्षेत्रमा अतिवादी आइएसले मलामी गएका व्यक्तिमाथि बम आक्रमण गरेका छन् ।

ती इराकको उत्तरी क्षेत्र यात्रिब नगरको एक गाउँमा शुक्रवार राति उनीहरूले सो आक्रमण गरेका थिए । त्यस क्रममा आइएसले कम्तीमा आठ जनाको हत्या गरेको बताइएको छ ।

सो आक्रमणमा परेर अरू १० जना नराम्ररी घाइते भएका छन् । बम लागेर घाइते भएका उनीहरूलाई नजिकैको अस्पताल पुर्‍याइएको छ ।

उक्त नगरको अल्बु जिल्ली भन्ने स्थानमा आइएसले यसअघि पनि आक्रमण गरी कैयौँ गाउँलेको ज्यान लिएका थिए ।

उक्त गाउँको एक सुरक्षा जाँच चौकीमा पनि उनीहरूले हमला गर्दा केही व्यक्ति घाइते भएको पनि बताइएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.