मनसुन बाहिरिएकाले दशैँमा पानी पर्ने सम्भावना टर्यो

अशोज २६, २०७८ मा प्रकाशित
Published at 2021-10-12

415 views

काठमाडौँ । दशैँ अवधिभरको मौसम सामान्यतया सफा नै रहने मौसमविद्ले बताएका छन् ।

नेपालबाट यो वर्षको मनसुन बाहिरिसकेको र पानी पार्ने प्रणाली तत्काल नदेखिएकाले आज फूलपातीदेखि टीकाको दिनसम्म पानी पर्ने सम्भावना खासै नभएको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार आजदेखि टीकाको दिनसम्म मौसम सामान्य मात्रै बद्ली हुनेछ । झरी पर्ने र ठूलाे पानी पर्ने सम्भावना छैन।

पानी परिहाले पनि देशको थोरै ठाउँमा फाट्टफुट्ट, क्षणिक रुपमा मात्रै पानी पर्ने सम्भावना छ । दशैँपछि भने भारतमा नयाँ प्रणाली विकसित हुन लागेकाले त्यसको असरले नेपालमा पनि पानी पर्न सक्ने उहाँले बताउनुभयो ।

यसैबीच आज कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशको मौसम आंशिक बद्ली हुने सम्भावना छ । बाँकी ठाउँको मौसम भने सामान्यतया सफा नै रहने सम्भावना छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.