मध्य–पूर्वी मुलुकमा कोरोना महामारीको चौथो लहर सुरु

साउन १६, २०७८ मा प्रकाशित
Published at 2021-07-31

132 views

एजेन्सी । विश्व स्वास्थ्य संगठनले मध्य–पूर्वी मुलुकमा कोरोना महामारीको चौथो लहर सुरु भएको बताएको छ । डेल्टा भेरिएन्टको सङ्क्रमण तीव्र गतिमा फैलिन थालेकोले मध्यपूर्वी मुलुकमा चौथो लहर सुरु भएको बताएको हो । संगठनले पहिलो पटक भारतमा फेला परेको डेल्टा मध्यपूर्वमा रहेको २२ मध्ये १५ मुलुकमा फैलिसकेको बताएको छ । जसमा पाकिस्तानसहित मोरक्को, इरान लगातका मुलुक रहेका छन् । विश्व स्वास्थ्य संगठनका पूर्वी भूमध्यसागरीय क्षेत्रका निर्देशक अहमद अल–मन्धारीले कोरोनाको चौथो लहरमा बढी जसो सङ्क्रमित गम्भीर किसिमका रहेको र अस्पताल भर्ना गर्नुपर्ने खालका रहेको बताउनुभयो । उहाँले अस्पताल भर्ना हुने अधिकांश बिरामीले खोप नलगाएको पनि प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.