भारतमा बाढीमा परि कम्तीमा १५ जनाको मृत्यु, सयौँ बेपत्ता

मंसिर ४, २०७८ मा प्रकाशित
Published at 2021-11-20

105 views

काठमाडौँ । भारतको आन्ध्र प्रदेशमा दुई दिन देखिकाे निरन्तर वर्षाका कारण आएकाे बाढीमा परि कम्तीमा १५ जनाको ज्यान गएको छ । एक सय भन्दा बढी बाढीमा बेपत्ता भएका सुरक्षा अधिकारीहरुलाई उद्धृत गर्दै समाचार संस्था एएनआईले जनाएको छ । गएकाे दुई दिन भएको वर्षाका कारण ठूलो बाढी आएको र धेरै क्षति गरेको खोजी तथा उद्धार कार्यमा खटिएकाले बताएका छन् ।

बाढीले आन्ध्र प्रदेशका चित्तुर कडपा, कुर्नुल र अनन्तपुर जिल्लामा धेरै असर पारेको छ । बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी सहित उद्धारकर्मीहरु खटिएका छन् । हराएका एक सय जनामध्ये सबैजसो जीवित भेटिने सम्भावना कम रहेको पनि उद्धारमा सहभागीहरुले बताएका छन् । बेमौसममा परेको ठूलो वर्षाका कारण जनजीवन नराम्रोसँग प्रभावित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.