भारतद्वारा शक्तिशाली आणविक क्षेप्यास्त्रको सफल परीक्षण

कार्तिक ११, २०७८ मा प्रकाशित
Published at 2021-10-28

104 views

काठमाडौँ । भारतले शक्तिशाली आणविक क्षेप्यास्त्रको सफल परीक्षण गरेको छ । चीनसँगको बढ्दो तनावकै बीच भारतले पाँच हजार किलोमिटर परसम्मको लक्ष्यमा प्रहार गर्न सक्ने ब्यालेस्टिक मिसाइल, अग्नि–५ को सफलतापूर्वक प्रक्षेपण गरेको हो ।

हिजो बुधवार बेलुका ओडिशाको एपीजे अब्दुल कलाम टापुबाट क्षेप्यास्त्र प्रक्षेपण गरेको भारतीय रक्षा मन्त्रालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

जमिनबाट जमिनमा प्रहार गर्ने अन्तरमहाद्विपीय क्षेप्यास्त्रले तीन चरणको ठोस इन्धन प्रयोग गर्ने र उच्चस्तरको रहेको रक्षा मन्त्रालयलाई उदृत गर्दै समाचार संस्था अलजजिराले जनाएको छ ।

अग्नि–५ को सफल परीक्षण भारतको विश्वसनीय न्यूनतम प्रतिरोधको नीति अनुरूप रहेको भारतीय रक्षा मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

‘अग्नि-५ को सफल परीक्षण भारतको विश्वसनीय न्यूनतम प्रतिरोधको नीति अनुरूप छ जसले पहिले प्रयोग नगर्ने प्रतिबद्धतालाई जोड दिन्छ’, विज्ञप्तिमा भनिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.