बागमतीमा थप ९ जना कोरोना सक्रिमितको मृत्यु

साउन १८, २०७८ मा प्रकाशित
Published at 2021-08-02

66 views

हेटौडा । कोरोना संक्रमणका कारण बागमती प्रदेशमा थप ९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट प्रदेशका ४ जिल्लामा एक महिला र ८ पुरुष गरि ९ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले जनाएको छ ।


मन्त्रालयका अनुसार कोरोनाका कारण काठमाडौं उपत्यकामा ६ जना र उपत्यका बाहिरका जिल्लामा ३ जनाको मृत्यु भएको हो । संक्रमणका कारण काठमाडौंमा ५ जना पुरुष, भक्तपुरमा एकजना महिला, रामेछापमा एकजना पुरुष र नुवाकोटमा २ जना पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तम सेढाईले जानकारी दिए ।


मृत्यु हुनेमा ४ वर्षका एक बालक समेत रहेका छन् । उनका अनुसार अन्य मृतकहरु ३५ देखि ८० वर्ष उमेर समूहका रहेका छन् । यससँगै बागमती प्रदेशमा कोरोना संक्रमणका कारण हालसम्म ४ हजार ६७ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.