फाइजरको एक लाख ६ सय २० डोज खोप काठमाण्डौ आइपुग्यो

कार्तिक ८, २०७८ मा प्रकाशित
Published at 2021-10-25

92 views

काठमाडौँ । अमेरिकाबाट बालबालिकालाई लगाउन मिल्ने फाइजरको एक लाख ६ सय २० डोज खोप काठमाण्डाै आइपुगेको छ ।

अघि बिहान कतार एयरलाइन्सको विमानमार्फत कोभ्याक्स सुविधा अन्तर्गत फाइजरको एक लाख ६ सय २० डोज खोप आइपुगेको हो ।

यो खोप दीर्घरोगीलाई लगाउने तयारी भएको छ । फाइजरको खोप १२ वर्षदेखि १८ वर्षसम्म उमेरका बालबालिकालाई लगाउन अनुमति भए पनि थोरै मात्रामा आएकाले दीर्घरोगीलाई लगाउने तयारी गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

थप डोज आएपछि मात्रै बालबालिकालाई लगाइने मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलले बताउनुभयो । यसअघि गएको जुलाईमा अमेरिकाले १५ लाख ३० हजार डोज जोन्सन एण्ड जोन्सनको खोप पठाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.