प्रधानमन्त्री बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न सुदूरपश्चिमतर्फ

कार्तिक ४, २०७८ मा प्रकाशित
Published at 2021-10-21

76 views

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा बाढी पहिरोले पुर्याएको क्षतिको अवलोकनका लागि सुदूरपश्चिम जानु भएको छ ।

बिहान सेनाको हेलिकप्टरमार्फत काठमाण्डौबाट सुर्खेत हुँदै उहाँ सुदूरपश्चिम जानु भएको हो ।

निर्धारित कार्यतालिकाअनुसार प्रधानमन्त्री देउवाले दिपायलमा रहेको सैनिक ब्यारेकमा बिफ्रिङ लिनु हुनेछ । त्यसपछि उहाँले बझाङको थलारा र चैनपुर, बैतडीको ढुङ्गाड, डडेलधुरा र कञ्चनपुर महेन्द्रनगरको अवलोकन गर्नुहुनेछ ।

उहाँले दोधारा–चाँदनी हुँदै कैलालीको धनगढीको पनि अवलोकन गर्ने तालिका छ । उहाँ भोलि काठमाण्डौ फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.