प्रधानन्यायाधीशमाथि छानबिन गर्न सरकारसँग माग

कार्तिक ३०, २०७८ मा प्रकाशित
Published at 2021-11-16

104 views

काठमाडौँ । नागरिक समाजको एक समूहले प्रधानन्यायाधीशमाथि शीघ्र छानबिन गरी स्वतन्त्र न्यायपालिका कायम राख्न सरकारसँग माग गरेका छन् ।

सोमबार विज्ञप्ति जारी गरी उनीहरुले प्रधानन्यायाधीशको अविश्वसनीय गतिविधि, कार्यसम्पादन तथा न्यायिक कार्यक्षमतामाथिको प्रश्न र उनीमाथि लागेको भ्रष्टाचारलगायत न्यायिक विचलनको सवाललाई तत्काल सम्बोधन गर्नुपर्ने बताएका छन् ।

उनीहरुले न्यायाधीश नियुक्तिमा देखिएको अपारदर्शिता र राजनीतिक प्रभाव, न्यायपरिषदको राजनीतिकरण, अदालतमा देखिएको भ्रष्टाचार, कानुन व्यवसायीको अनुत्तरदायी र असंवेदनशील व्यवहारलगायतका विषयमा रुपान्तरण नभई न्यायालयको साख जोगाउन नसकिने धारणा राखेका छन् ।

‘अतः हामी नागरिकहरु प्रधानन्यायाधीश जबरालगायत न्यायिक भ्रष्टचारमा संलग्न भएका सबै तहका न्यायाधीशहरु, कर्मचारीहरु एवं विचौलियाहरुमाथि शीघ्र छानबिन गरी कानुनको दायरामा ल्याउन अपिल गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.