प्रदेश १ मा एकीकृत समाजवादी संसदीय दलको नेतामा राजेन्द्र राई चयन

भदौ २८, २०७८ मा प्रकाशित
Published at 2021-09-13

111 views

विराटनगर । नेकपा एकीकृत समाजवादीको प्रदेश १ संसदीय दलको नेतामा राजेन्द्र राई चयन भएका छन् । सोमबार बसेको एकीकृत समाजवादी संसदीय दलको बैठकले राईलाई दलको नेता चयन गरेको हो ।

दलको उपनेता, मुख्य सचेतक र सचेतक छनोट अर्को बैठकले चयन गर्ने एकीकृत समाजवादीका सांसद उपेन्द्र घिमिरेले बताए । बैठकले भीम आचार्य नेतृत्वको प्रदेश सरकारलाई समर्थन नरहेको निर्णयको जानकारी सोमबार नै प्रदेशसभा सचिवालयलाई दिने उनले बताए ।

नेकपा एमाले विभाजन भएपछि राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापाले एकीकृत समाजवादी रोजेका छन् ।

एमालेका ५१ सांसदमध्ये १० जनाले नयाँ पार्टी रोजेपछि मुख्यमन्त्री आचार्य अल्पमतमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.